दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले नयाँ वर्ष प्रारम्भसँगै राजनीतिक दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन् ।
आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उनले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेकोमा जोड दिएका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले भनेका छन्, मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।
दलहरुभित्र विधिलाई लोकतान्त्रिक र पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा उनले गरेका छन् ।
उनले संसदलाई जनमुखी बनाउन सबै खाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘अग्रगामी निकासका लागि हाम्रा बीचमा दृढ संकल्प आवश्यक छ ।
प्रतिबद्धताहरु व्यवहारमा देखिएमात्रै विश्वासको आधारशिला तयार हुने छ, सभामुख सापकोटाको सन्देशमा लेखिएको छ, संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
सभामुख सापकोटाले अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैमा अपीलसमेत गरेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply