दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने सभामुखको विश्वास
काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले नयाँ वर्ष प्रारम्भसँगै राजनीतिक दलहरुबीच नयाँ समन्वय र समझदारी कायम हुने विश्वास व्यक्त गरेका छन् ।
आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने उल्लेख गर्दै उनले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक रहेकोमा जोड दिएका छन् ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले भनेका छन्, मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम होस् भन्ने जनचाहनासहितको समृद्धिको यात्रा अगाडि बढाउन राजनीतिक दलहरुबीच नयाँ वर्ष प्रारम्भसँगै नयाँ समन्वय र समझदारी कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।
दलहरुभित्र विधिलाई लोकतान्त्रिक र पारदर्शी बनाउने संस्कृति स्थापित गर्ने प्रयास निरन्तर भैरहने आशा उनले गरेका छन् ।
उनले संसदलाई जनमुखी बनाउन सबै खाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन् । ‘अग्रगामी निकासका लागि हाम्रा बीचमा दृढ संकल्प आवश्यक छ ।
प्रतिबद्धताहरु व्यवहारमा देखिएमात्रै विश्वासको आधारशिला तयार हुने छ, सभामुख सापकोटाको सन्देशमा लेखिएको छ, संसदलाई जीवन्त र जनमुखी बनाउन संघीय संसदको नेतृत्वको हैसियतले सबैखाले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।
सभामुख सापकोटाले अनुशासित भएर कोभिडलाई जित्ने प्रणसहित शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाउन सबैमा अपीलसमेत गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply