कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
सुर्खेत। नेकपा एमालेले सरकारको साथ छाडेपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।
शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा माओवादी केन्द्रका सांसदले जानकारी दिएका छन् । एमालेले चैत ५ गते कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यस्तै, मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा रहेका एमालेका तीन मन्त्रीले गत चैत २४ गते राजीनामा बुझाएका थिए ।
राजीनामा दिने या विश्वासको मत लिने विकल्पमध्ये शाहीले विश्वासको मत लिने विकल्प रोजेका हुन् ।
माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएकाले माओवादीका १२ सांसद छन् । विश्वासको मतका लागि माओवादीलाई २० मत आवश्यक पर्छ । कर्णाली प्रदेशसभा वैशाख ३ गते बस्दै छ । ३ गतेको बैठकमा विश्वासको मत लिने सम्भावना रहेको सांसद विष्टले बताए । मुख्यमन्त्री शाही राजनीतिक दलहरुसँग छलफलमा छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply