कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने, संसद सचिवालयमा पत्र दर्ता
सुर्खेत। नेकपा एमालेले सरकारको साथ छाडेपछि अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् ।
शाहीले विश्वासको मत लिनका लागि संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । मंगलबार पत्र दर्ता गरिएको नेकपा माओवादी केन्द्रका सांसदले जानकारी दिएका छन् । एमालेले चैत ५ गते कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यस्तै, मुख्यमन्त्री शाहीको नेतृत्वको सरकारमा रहेका एमालेका तीन मन्त्रीले गत चैत २४ गते राजीनामा बुझाएका थिए ।
राजीनामा दिने या विश्वासको मत लिने विकल्पमध्ये शाहीले विश्वासको मत लिने विकल्प रोजेका हुन् ।
माओवादी केन्द्रका १३ सांसदमध्ये दैलेखका धर्मराज रेग्मीलाई सांसद पदबाट हटाएकाले माओवादीका १२ सांसद छन् । विश्वासको मतका लागि माओवादीलाई २० मत आवश्यक पर्छ । कर्णाली प्रदेशसभा वैशाख ३ गते बस्दै छ । ३ गतेको बैठकमा विश्वासको मत लिने सम्भावना रहेको सांसद विष्टले बताए । मुख्यमन्त्री शाही राजनीतिक दलहरुसँग छलफलमा छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply