९ बैशाख २०७८, बिहीबार १०:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओली–नेपाल बीचको वार्ता सकियो
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज बिहीबार को दोस्रो भेटवार्ता सकिएको छ ।
नक्सालस्थित मेरियट होटलमा दिउँसो २ बजेपछि उनीहरूबीच वान टु वान वार्ता भएको थियो । ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा वान टु वान वार्ता भएको थियो ।
निकटस्थ नेताहरूका अनुसार भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेको थिएन । तर, भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको उनीहरूको भनाइ छ । बिहीबार ओलीसँग भेट्न जानुअघि नेपालले आफूनिकट नेताहरूसँग बुधबार ओलीसँग भएको कुराकानीबारे ब्रिफिङ गर्नुका साथै आफूहरूलाई सोधिएको स्पष्टीकरणको जवाफ दिनेबारे छलफल गरेका थिए । आजको वार्ता सकिए पनि भित्र के कुराहरु भए भन्ने कुरा सार्वजनिक भएको छैन ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply