किन दिए एमाले सांसद भूसालले राजीनामा ?
१४ असार,काठमाडौं । एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य बेदुराम भूसालले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेमा एकताका लागि वार्ता भइरहेको बेला माधव नेपाल पक्षका नेता भूसालले सांसदबाट राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उनले आफू राष्ट्रियसभामा स्वतन्त्र सांसदको हैसियतमा रहन चाहेको भन्दै संसद सचिवालयमा जानकारी गराएका छन् ।
उनले आइतबार संसद सचिवालयका महासचिवलाई पत्र लेखेर तत्कालीन नेकपाबाट उम्मेदवार बनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको उल्लेख गर्दै सर्वोच्चको फागुन २३ को फैसलापछि पार्टीको अस्तित्व समाप्त भएको अवस्थामा आफू स्वतन्त्र भूमिकामा रहने जानकारी दिएका छन् ।
संसद सचिवालयमा बुझाएको पत्रमा भूसालले लेखेका छन्–‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात् स्वतन्त्र हुनुपरेको सर्वविदितै छ, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’
उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेबी वा अन्य कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि संसदको लेखा शाखालाई जानकारी गराइदिनका लागि अनुरोध गरेका छन् । भूसाल एमालेभित्र माधव नेपाल समूहका नेता हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply