वामदेव गौतमलाई बैठकमा स्वागत गर्दै ओलीले भने – ‘फेरि आयो, गयो नहोस् ’
बुधबार डेस्क
१८ अषाढ, काठमाडौं । बालुटारमा जारी नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन पुगेका उपाध्यक्ष बामदेव गौतमलाई बैठकमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओलीले फेरी पार्टी छाडेर नजान सुझाएका छन् । गौतमलाई संकेत गर्दै उनले भने– ‘अलिक लामो समयपछि बैठकमा आउनुभएको छ,स्वागत छ तर फेरि आयो, गयो नहोस् ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र देशमा विभिन्न समस्या देखा परेको र पार्टीमा अनुशासन तोड्नुलाई बहादुरी ठान्ने प्रवृत्ति बढ्दो रहेको बताए । उनले राजनीतिलाई अदालततिर धकेल्ने, प्रगतिशील शक्तिलाई समाप्त पार्ने , आफ्नो कर्तव्य पालना गरिरहेका राष्ट्रपतिमाथि निकृष्ट प्रयास उल्लेख गर्दै भने,‘ एकपटक गिरिजाप्रसाद माथि भीआइपीमा राम्रो ट्रिट नहुँदा नेविसंघ र तरूण दलले तोडफोड गरे । हाम्रोमा त जे भए पनि सहिष्णुता छ ।’
हजारौं प्रयाशका बाजजुद पार्टीलाई एक हुन् नदिइएको बताउदै ओलीले वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ जानु लाजमर्दो भएको बताए ।
‘विगतमा आचारसंहिता लागू भइसकेपछि पनि मन्त्रिपरिषद् पुनर्गठन भएको नजीर छ तर अहिले अग्राधिकार दिएर मन्त्रीहर खाली गरियो । दलका सदस्यलाई कार्यवाही गर्न पाइँदैन भनियो । के हुँदैछ, बुझ्नुपर्छ’ ओलीले भने,‘ एकातिर अदालतको फैसला र अर्कोतिर एकता हुन्छ भने शंकाको लाभ दिएर जेठ २ पुनर्स्थापना गरिएको हो ।’
शहरकेन्द्रित स्यालहुइँयाहरुले एमाले सिध्दियो भने पनि राजनीति एमालेकै वरिपरि घुम्ने भन्दै अध्यक्ष ओलीले भने–‘ कहिले विपक्षमा पनि पुगौंला, जापानमा ५४ बर्ष, भारतमा कांग्रेसले लामो समय र बेलायतमा पनि एउटै पार्टी सत्तामा रह्यो । पछि अरू आए, हाम्रोमा पनि त्यसो सधैं हामी नै सत्तामा हुन्छौं भन्ने होइन तर हामीलाई टक्कर दिने कोही छैन ।’
हिजो आफूहरुलाई ढाल्न अनेक कोसिस गर्दा पनि नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने–‘ आज कमरेडहरूलाई जोड दिएर भन्छु– फेरि पनि हामीलाई ढाल्न सक्ने छैनन् । ढालिहालेमा कतिलाई ? छ महिनामा मूल ढोकाबाटै आउँछौं ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply