१९ असार २०७८, शनिबार ०४:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
असार २४ गतेदेखि चीनबाट निरन्तर खोप आउने
१९ आषाढ, काठमाडौं । चीनको सिईनोफार्म कम्पनीबाट असार २४ गतेदेखि निरन्तर कोरोना विरुद्वको खोप नेपाल आउने भएको छ । कोरोना भाइरस बिरुद्धको खोप समयमै उपलब्ध गराउन नेपाल सरकारले चीनको सिईनोफार्म कम्पनीसँग खोप खरिदको सम्झौता गरेको छ ।
हिजो शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त खोप खरिद बारे सम्झौता भएको कुराको जानकारी गराएको हो ।
नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच भएको सम्झौता अनुसार असार २४ गते बाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ ।
खोपको निरन्तर आपूर्तिबाट कोभिड विरुद्वको खोप अभियान सुचारु हुने गरि व्यावस्था मिलाइएको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply