प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला २८ गते
२१ असार,काठमाडाैं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सम्पूर्ण सुनुवाई सकिएको छ । सुनुवाई सकिएसँगै अदाललते यही असार २८ गने निर्णय सुनाउने मिति तय गरेको छ ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दा असार २८ गतेसम्मलाई हेर्दाहेर्दैमा राखेर असार २८ गते फैसला सुनाउने जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईले सुनुवाई गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध र संविधानको धारा ७६(५)अनुसार सरकार गठन सन्दर्भमा परेका रिटमाथि सवैधानिक इजलासमा ११ दिन बहस भएको छ ।
संविधानको धारा ७६(५)अनुसार सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री माथिको दाबी राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइँन् । तत् पश्चात मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकेकी थिइन् ।
तत् पश्चात प्रतिनिधि सभा पुनर्स्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेश माग गर्दै कांग्रेस, माओवादीसहितका १४६ सांसदसहितले रिट दायर गरेका थिए । सोही रिटमाथिको बहस सकिएको हो ।
प्रतिनिधि सभा पुनर्स्थापित गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेशको फैसला आउला कि संसद विघटनलाई सदर गर्ला वा तेस्रो कुनै आदेश आउला, यसका लागि फैसलासम्म कुर्नुपर्ने हुन्छ ।
तर, रिट निवेदकतर्फबाट भएका बहसमा प्रधानमन्त्री र राष्ट्रपतिले असंवैधानिक कदम चालेको र ओलीबाहेक अरु सरकारमा जानै नहुनेजस्तो व्यवहार भएको तर्क गरेका थिए । जसलाई एमिकस क्युरीबाट सहभागी केही कानुनव्यवसायीले बल पुग्ने गरी इजलासलाई सुुझाव दिएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply