सर्वोच्चको फैसलापछि एमाले एकीकृत हुन्छ – वामदेव गौतम
२७ असार काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा सुनाउने फैसलापछि एमाले एकीकृत हुने दावी गरेका छन् । राष्ट्रियसभाको आज आइतबार को बैठकमा बोल्दै उनले पार्टी एकीकृत भएपछि सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।
गौतमले भने, आज ८ बजे खुशीको खबर आउँछ भनिएको थियो, तर अहिलेसम्म आएको छैन । मैले पहिले नै भनेको थिएँ कि खुशीको खबर सर्वोच्चको फैसला आएपछि मात्रै आउँछ । मेरो अहिले पनि दृढता छ कि सर्वोच्चको निर्णयपछि पार्टी एकीकृत हुनेछ ।
केही दिनअघि पार्टीको केन्द्रीय समिति बैठकमा आफूले भाग लिएको विषयलाई लिएर एउटा समूहले आफूविरुद्ध दुःख प्रस्ताव पारित गरेको सुनेको उनले बताए ।
गौतमले भने, अध्यक्षले जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर केन्द्रीय समितिको बैठक बोलाएपछि म सहभागी भएँ । म आफू एमालेको जिम्मेवार व्यक्ति हुँ भनेर जनाउका लागि भाग लिएको हुँ । म यो सभामार्फत जानकारी गराउन चाहन्छु कि म कुनै तर्फबाट होइन, एमाले भएको प्रमाण पेस गर्न गएको हो । कतिपयले आफ्नो समूहमा दुःख प्रस्ताव पारित गर्नु भएछ भन्ने सुने । तरः मलाई दुःखमनाउ छैन ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply