महान्यायाधीवक्ता रमेश बडालले दिए राजीनामा
२९ असार काठमाण्डौ । महान्यायाधीवक्ता रमेश बडालले राजीनामा दिएका छन्। उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन्।
आजदेखि उहाँ ओली प्रधानमन्त्री रहनुहुन्न। त्यही भएर मैले स्वभाविक रूपमा राजीनामा दिएको हुँ, बडालले भने।
तत्कालीन महान्यायाधीवक्ता अग्नि खरेल २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल उक्त पदमा नियुक्त भएका थिए।
उनले पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटन र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको विषयको बचाउ गरेका थिए।
सर्वोच्च अदालतले महान्यायाधीवक्ता रमेश बडालले संवैधानिक इजलास गठनका विषयमा गरेको टिप्पणी ग्रहणयोग्य नभएको ठहर गरेको छ।
शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको मुद्दाको फैसलामा सर्वोच्च अदालतले महान्यायधीवक्ता रमेश बडालको भाषाशैली स्वभाविक र तार्किक मान्न नसकिने उल्लेख गरेको हो।
प्रधानन्यायाधीश राणाले त्यसपछि इजलास पुर्नगठन गर्दै वरिष्ठताका आधारमा आफ्नै नेतृत्वमा दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, मीरा खड्का र ईश्वर खतिवडा भएको इजलास बनाएका थिए।
तर बहसका क्रममा महान्यायाधीवक्ता बडालले कार्की र भट्टराई इजलासबाट अलग हुनुपर्ने बताएका थिए। कार्की र भट्टराईले मुद्दामा पूर्व राय तय गरेको उनको आरोप थियो।
सर्वोच्चले इजलास गठन र संरचनामा चासो स्वभाविक भए पनि सीमा र मर्यादाको विषय सम्झाएको छ।
बडालले न्यायाधीश अलग हुनुपर्छ भनेर गरेको बहस बिर्सनलायक घटना भएको सर्वोच्चले भनेको छ।
विवादको सुनुवाइ गर्नबाट दुईजना माननीय न्यायाधीशले अलग रहनुपर्ने भनी यस इजलास समक्ष लिएको जिकिर एउटा अनपेक्षित र बिर्सनलायक परिघटना बन्न गएको छु, सर्वोच्चको ठहरमा भनिएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply