सारिएन स्थायी कमिटी बैठक, नेपाल समूह के गर्ला ?
१ साउन, काठमाडौं । नेकपा एमालेले आज ११ बजे पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि आमन्त्रण गरिएको छ । हिजो बसेको कार्यदल बैठकले बैठक केहि दिन पर सारेर सबै बस्नसक्ने बातावरण बनाउने भनेपनि बैठक सारिएको छैन ।
ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असन्तुष्ट माधव पक्षका नेताहरु सहभागी नहुने बुझिएको छ । ‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेर मात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’, एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीले भने ।
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका छन् ।
उनले माधव नेकपालाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । एमालेको एकता जटिल बन्दै गइरहेको अवस्थामा दोस्रो तहका नेताहरुले भने सक्रियता बढाएका छन् । उनीहरुले टुटेको संवाद अघि बढाउन सक्रियता देखाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply