सारिएन स्थायी कमिटी बैठक, नेपाल समूह के गर्ला ?
१ साउन, काठमाडौं । नेकपा एमालेले आज ११ बजे पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पनि आमन्त्रण गरिएको छ । हिजो बसेको कार्यदल बैठकले बैठक केहि दिन पर सारेर सबै बस्नसक्ने बातावरण बनाउने भनेपनि बैठक सारिएको छैन ।
ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असन्तुष्ट माधव पक्षका नेताहरु सहभागी नहुने बुझिएको छ । ‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेर मात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन’, एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीले भने ।
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका छन् ।
उनले माधव नेकपालाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । एमालेको एकता जटिल बन्दै गइरहेको अवस्थामा दोस्रो तहका नेताहरुले भने सक्रियता बढाएका छन् । उनीहरुले टुटेको संवाद अघि बढाउन सक्रियता देखाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply