संसदको कार्यसूची – दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने
३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।
यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।
समितिको बैठकमा एमालेले यति छिटो किन विश्वासको मत लिन लागेको भनेर प्रश्न उठाएको थियो ।
सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्दै छ । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply