ओली सरकारले सिफारिस गरेका ८ राजदूत रद्द
३ साउन काठमाण्डौ । वर्तमान सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले राजदूतमा सिफारिस गरेका ८ देशका राजदूतको नाम फिर्ता लिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषदले बैठकले परराष्ट्र सेवाभन्दा बाहिरबाट राजदूतमा सिफारिस ८ जनाको नाम फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
‘परराष्ट्र सेवाबाहेकका अन्य राजदूतमा सिफारिस गरिएकाहरुको नाम फिर्ता लिने निर्णय गरेका छौं,’ ती मन्त्रीले भने।
नाम फिर्ता हुनेमा रमेशचन्द्र पौडेल श्रीलंका, कृष्णचन्द्र शर्मा दक्षिण कोरिया, सुम्निमा तुलाधर अस्ट्रेलिया, जंगबहादुर जंगब ,चौहान रुस, नारायणप्रसाद संग्रौलाम्यान्मार, कुलप्रसाद नेपाल ब्राजिल, सुमित्रा सुवेदी डेनमार्क, र मेराज मुसलमान साउदी अरेबिया छन्।
प्रतिनिधि सभा विघटन भएका कारण संसदीय सुनुवाइ हुन नसकेपछि ३५ दिनपछि सरकारले सम्बन्धित देशमा एग्रिमोका लागि पठाएको थियो ।
यसअघि शैक्षिक योग्यता परिमार्जन कार्यविधि नै परिवर्तन गरी बहराइनका लागि राजदूत सिफारिस पूर्वमन्त्री युवराज कार्कीको शैक्षित योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले रद्द गरिदिएको थियो।
त्यस समयमा परराष्ट्र सेवाबाट सहसचिव निर्मलराज काफ्ले अस्ट्रिया र जीवनप्रकाश श्रेष्ठ इजिप्ट राजदूत नियुक्त भएका थिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply