भीम रावलको राजीनामा विचाराधीन, फिर्ता लिन दबाब
४ साउन काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएको छैन । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए ।
संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । अहिले केही भएको छैन्उनले भने, सभामुखलाई बुझाउनु भएको हो । सभामुखले सभामा घोषणा गरेमा वा सूचना टाँसेमा मात्रै त्यो ‘इफेक्टिभ’ हुन्छ । अहिलेसम्म त्यो विचाराधीन अवस्थामा छ।
एमालेभित्रैबाट राजीनामा फिर्ता लिन रावललाई दबाब परेको छ। नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुमाझ पढेर सुनाएका थिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको १०औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताएका थिए ।
ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको भनेका हुन् ।
बैठका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीलले पनि संवाददाताहरुमाझ रावलको राजीनामा ठीक नभएको बताए। एमाले नेता वामदेव गौतमले पनि राजीनामा अनुपयुक्त भएको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply