एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, नेपाल पक्षले बुझाउँला स्पष्टीकरण
७ साउन काठमाडौं, । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बिहीबार पनि बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने एमालेले जनाएको छ ।
यसअघि बुधबारको बैठकले चार वटा विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो । सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनता माझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निरास नहुन सम्पूर्ण कार्यकर्ता तथा शुभ चिन्तकलाई आग्रह गरेको छ । त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।
यता हिजै नेकपा एमालेको वैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ । के, कति कारणले देउवालाई विश्वासको मत दिनु पर्ने वाध्यता परेको भनि पत्रमा प्रश्न सोधिएको छ । यसरी सोधिएका सांसदहरुमा ओली पक्षकै आठ सांसदहरु पनि रहेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply