४९ जना सांसद नै मन्त्रीको होडमा लागेपछि मानसिक तनावमा छु –प्रचण्ड
९ साउन काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न इच्छुकहरुको हुलले आफूलाई घेरेको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेपछि माओवादीबाट सबै ४९ जना सांसद नै मन्त्री बन्ने होडबाजीमा लागेपछि आफूलाई थेगीनसक्नु तनाव भएको प्रचण्डले बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रमलाई पेरिसडाँडामा सम्बोधनका क्रममा प्रचण्डले यस्तो बताएका हुन् । ‘मेरोमा अहिले मन्त्री बन्न इच्छुकको लाइन छ । मन्त्री बन्न मकहाँ दबाब दिन आएको हुलबाट उम्केर आएको छु म’, उनले भने, ‘मन्त्री बनाइ दिनु भन्नेहरूको आतंक छ । कसलाई बनाउने, कसलाई नबनाउने मैले । सबै ४९ जना सांसदलाई नै मन्त्री बनाउन दबाब छ ।’
उनले गठबन्धन सरकारको सदस्यका रुपमा माओवादीको भागमा ७ जनाजति मन्त्री बन्न पाउने अवस्थामा सबैलाई बनाउनै नसकिने अवस्था रहेको उल्लेख गरे । ‘हाम्रो भागमा बढीमा ७ जना मन्त्री हुने हो । तर अहिले सबै सांसदको दौडधूप छ । मन्त्री बनाएन भने सरापेर हिँड्छन् । मन्त्री हुन नपाएपछि नेतृत्व बदमास भन्छन्’, उनले अगाडि भने, ’म ४(५ दिनदेखि ठूलो मानसिक दबाबमा छु, तनावमा छु ।’
उनले कम्युनिष्टहरुले आदर्शका कुरा गरे पनि चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्नेमा अड्किएको बताए । ‘हामी आदर्शका निम्ति होइन, पदका लागि कुदेका रहेछौं’, उनले भने, ‘कुरा गर्दा आदर्शका गर्ने, चित्त चाहिँ मन्त्री पाइन्छ कि पाइँदैन भन्ने छ । अहिलेको कल्चर भनेको मन्त्री नभए केही नहुने जस्तो भएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply