कसले पाउला जसपाको आधिकारिकता
११ साउन काठमाण्डौ । जनता समाजवादी पार्टी जसपा को आधिकारिकताबारे विवाद टुंग्याउन आज निर्वाचिन आयोगले दुवै पक्ष महन्थ ठाकुर र उपेन्द्र यादव का केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आफ्नो कार्यालय बोलाएको छ।
अहिले बिहान ११ बजे उनीहरू आयोगको कार्यालय पुग्ने कार्यक्रम छ। आयोगले दुई पक्षमध्ये कसका पक्षमा बहुमत सदस्य रहेछन् भनेर प्रत्यक्ष रूपमा आज टाउका गन्ने भएको हो। यस आधारमा जसका पक्षमा बहुमत सदस्य देखिन्छ उसैलाई जसपाको आधिकारिकता दिने आयोगको तयारी छ।
यस आधारमा आफ्ना पक्षमा बहुमत ३३ सदस्य रहेको दाबी गर्ने यादव पक्षले दलको आधिकारिकता पाउने लगभग निश्चित देखिन्छ। तर यसका लागि आयोगको निर्णय पर्खेनैपर्ने हुन्छ।
जसपामा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य छन्।
२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता गरिएको जसपा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गत पुस ५ गते प्रतिनिधि सभा विघटन गराएपछि विभाजन भएको हो।
त्यसयता उपेन्द्र यादव पक्ष ओलीविरुद्धको गठबन्धनमा आबद्ध भयो भने महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल भयो।
त्यसपछि दुई पक्षबीच पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा विवाद भइरहेको हो। विवाद आयोगमा पुगेपछि समाधानका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरिएको छ। सोही इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै आज बिहान ११ बजे दुवै पक्षलाई आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको हो।
आयोगको निर्णयविरुद्ध ठाकुर पक्षले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेका थिए। तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ भने छलफलका लागि यही साउन १५ गते दुवै पक्षलाई आउन भनेको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply