इश्वरका दिन बिग्रेकै हुन् त ?
एमालेको महासचिव पोखरेल कि ज्ञवाली ?१२ साउन, काठमाडौं । नेकपा (एमाले) को नवौं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि पार्टीवृत्तमा महासचिव इश्वर पोखरेललाई दशौं महाधिवेशनपछिको अध्यक्षकारुपमा हेर्नेहरुको पंक्ति सानो थिएन । हुनपनि, बुटबलमा सम्पन्न आठौं महाधिवेशनदेखि हालसम्म १२ वर्षसम्म महासचिवजस्तो शक्तिशाली पदमा निर्वाचित व्यक्तिलाई भावी अध्यक्षकारुपमा हेर्नु कुनै अनौठो वा अस्वभाविक पनि थिएन । त्यसमाथि पोखरेलले आफूलाई यो पार्टी स्थापना र निर्माणमा आफूलाई अध्यक्ष ओलीभन्दा ‘सिनियर’ दावी गर्छन् । तर, पछिल्लो समय पार्टीभित्र उनको खुम्चँदो भुमिकालाई लिएर केन्द्रीय सदस्यहरु नै ‘बिचरा इश्वर’ भन्न थालेका छन् ।
नीजि स्वार्थका लागि शक्तिको छहारी बनिहाल्ने छवी पोखरेलले आफ्नो हकमा स्थापित गरे । आठौं महाधिवेशनमा झलनाथ खनाल समूहबाट महासचिवमा निर्वाचित उनी पार्टीमा खनालको शक्ति विस्तारै कमजोर हुन थालेको भेऊ पाउनासाथ केपी शर्मा ओली समूहसँग निकट भए । नवौं महाधिवेशनमा ओली समूहबाट पुन महासचिवमा आफूलाई मुश्किलले अवतरण गराउन सफल भए । तर, पदमा लागि खेमा चाहार्दै हिड्ने उनलाई ओली समूहभित्रै ‘चैते’ को दाग लागिरह्यो । २०७५ जेठमा जब एमाले र माओवादीवीच एकता भएर नेकपा बन्यो, त्यसपछि पार्टीभित्र उनको भुमिका विस्तारै खुम्चिँदै गयो ।
पार्टी एकतापछि महासचिव पद खोसुवामा परेका उनी सरकारमा उपप्रधानमन्त्रीकारुपमा सहभागी त भए तर पद र जिम्मेवारी खोसुवाको क्रम भने रोकिएन । उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको रुपमा सपथ खान पुगेका उनलाई ओलीले शुरुमै रक्षा मन्त्रीकारुपमा सपथ खुवाउँदा उनले अपमानको विष पिउनु परेको महसुस गरेपनि सार्वजानिकरुपमा त्यसलाई व्यक्त गरेनन् । पछि त रक्षा मन्त्री पनि खोसेर जगेडामा राखिदिए । ओली समूहबाटै ओलीको उत्तराधिकारी बनेर पार्टी हाँक्ने सपनाका अगाडी उनले सारा अपमानलाई बाहिर प्रकट गरेनन् । सरकारमा रहँदाका उनका अपमानका धेरै श्रंखला छताछुल्ल भएकै छन्, यसबारे फेरी धेरै खोतल्नु परेन । तर, पाmगुन २३ मा जब सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्कादियो, त्यसपछि पोखरेलले पनि गुमेको महासचिव पद त पाए तर भुमिका पाएनन् ।
पार्टीको बैठकमा अध्यक्षसँगको सल्लाहमा प्रस्ताव तयार पार्ने, त्यसलाई बैठकमा पेश गर्ने, बैठकको संचालन गर्ने आदि भुमिका महासचिवको हुन्छ । तर, गत हप्ता सम्पन्न एमालेको दशौं केन्द्रिय कमिटी बैठकमा महासचिवको भुमिकामा देखिए सचिव प्रदीप ज्ञवाली । बैठक संचालनको सबै प्रकृयालाई ज्ञवालीले नियन्त्रण गरेका थिए । केन्द्रिय कमिटीको दशौं बैठकमा पोखरेलको खुम्चिदो भुमिकालाई लिएर कतिपय केन्द्रिय सदस्यहरुवीच नै ‘हाम्रो पार्टीको महासचिव को हो ?’ भन्ने व्यंग्यात्मक ठट्यौलिसमेत चलेको थियो ।
सोही बैठकलाई सम्बोधन गर्नेक्रममा पनि अध्यक्ष ओलीले आठौं महाधिवेशनमा झनलाथ खनालले बाकस साटेर अध्यक्ष जितेको भनिरहँदा खनालसमूहबाटै महासचिव निर्वाचित पोखरेलले केहि असहज अनुभूति त गरे तर कुनै प्रतिक्रिया व्यक्त गरेनन् ।
यति प्रभावशाली नेता पार्टीको भुमिकामा किन यसरी किनारा लाग्दैछन् ? यो प्रश्नमा धेरै कार्यकर्ताको सहज जवाफ हुन्छ–उनकै स्वभावका कारण । शक्तिको छहारी खोज्न अलट पलट भइरहने त छदैछ, त्यो बाहेक कुण्ठा पाल्ने र कार्यकर्तालाई होच्याउने प्रवृत्तिले नै उनलाई विस्तारै छेऊतिर धकेलिरहेको छ । अरु त कुरै छाडौं, आफ्नै सहयोगीहरुलाई समेत ‘केटो’ भन्दै होच्याउने, फौजी स्टाइलमा हप्कीदप्की गर्ने गरेको भुक्तभोगीहरुको अनुभव छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply