बाबुराम भन्छन्-गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र हुन्
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र भएको टिप्पणी गरेका छन् । जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने उनले बताए ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि जवाफमा डा. भट्टराईले भनेका छन्, ‘झिङ्गाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुन पर्दैन।’
विवेकशील साझा पार्टीकै संयोजक मिलन पाण्डेले संघीयताको खारेजी तथा धर्म निरपेक्षताका सम्बन्धमा जनमत संग्रह आवश्यक रहेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्तावमा असन्तुष्टि जनाइसकेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत संयोजक पाण्डेले विवेकशील साझा पार्टी विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न र संविधानको पूर्णतः पालना गर्नमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन्’, उनले भनेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply