बाबुराम भन्छन्-गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र हुन्
१२ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गणतन्त्रविरूद्ध धूप हाल्नेहरू राजतन्त्रका भूत मात्र भएको टिप्पणी गरेका छन् । जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध कसैले बोल्यो भन्दैमा तरंगित हुनु नपर्ने उनले बताए ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्न र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेपछि जवाफमा डा. भट्टराईले भनेका छन्, ‘झिङ्गाको सरापले डिंगा मर्दैन । कसैले चर्चा बटुल्न जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीविरूद्ध बोल्यो भन्दैमा तरंगित हुन पर्दैन।’
विवेकशील साझा पार्टीकै संयोजक मिलन पाण्डेले संघीयताको खारेजी तथा धर्म निरपेक्षताका सम्बन्धमा जनमत संग्रह आवश्यक रहेको भन्दै पार्टी अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको प्रस्तावमा असन्तुष्टि जनाइसकेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत संयोजक पाण्डेले विवेकशील साझा पार्टी विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न र संविधानको पूर्णतः पालना गर्नमा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
‘घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो । विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिबद्धतामा पार्टी दृढ छ । बाँकी विचारहरू ‘नितान्त व्यक्तिगत’ हुन्’, उनले भनेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply