क्रियाशील सदस्यता विवाद हल गर्न देउवा, पौडेल र सिटौलाको संयुक्त बैठक बस्दै
१५ साउन, काठमाडौंं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज बस्दै छ ।
पार्टीको क्रियाशील सदस्यता विवाद विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बैठक बस्ने लागेका हुन् ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा बैठक बस्ने भएको छ ।
उनकाअनुसार बैठकमा वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालगायत नेता सहभागी हुनेछन् । कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ ।
विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ । अधिवेशनका लागि अर्को मिति तोकिएको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply