दोस्रो अध्यक्षको प्रस्तावमा महासचिव पोखेरलको असहमति
१५ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा एकताका लागि खोजिने कुनै पनि विकल्प विधानसम्वत हुनुपर्ने बताएका छन् । साथै माधवकुमार नेपाल पक्षलाई धेरै प्रतिक्षा गर्न उचित नहुने उनको धारणा छ ।
शुक्रबार पार्टी कार्यालय, थापाथलीमा एमाले महासचिव पोखरेलले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय भइसक्दा पनि तदारुकता नदेखिएको बताए । उनले अघि भने, अड्किएको कहाँ हो मैले पनि बुझेको छैन ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यदलमा रहेका काम गरेका नेताहरुलाई शुक्रबारसम्म कोशिश गरौं भनेको भन्दै उनले अघि भने, ‘सम्भवत आज बेलुकासम्म केही कुरा होलान् । त्यसपछि धेरै प्रतिक्षा गर्नु उचित हुँदैन भन्ने नै छ ।’
दोस्रो अध्यक्षको प्रस्ताव र समान हैसियत हुनुपर्ने नेपाल पक्षको अडानबारे सोधिएको प्रश्नमा महासचिव पोखरेलले पार्टीको विधान अनुसार हुनुपर्ने बताए । ‘पार्टीभित्र समझदारी बनाउन के गर्नुपर्ने हो, त्यसमा अधिकतम लचकता अपनाउने हो, तर त्यो अधिकता लचकता विधिसम्मत ढंगबाट हुनुपर्छ । एमालेको विधान, नियमावली, संस्थागत निर्णय अनुकुल हुनुपर्छ उनले भनेका छन् ।
दैनिक जसो अनेक प्रस्ताव आउने गरेको भन्दै उनले कुन प्रस्ताव के हो भन्ने ठेगान गर्नै कठिन रहेको बताए । पार्टीभित्र विग्रहकारी स्थिति अन्त्य हुनुपर्छ, त्यसका लागि सम्बन्धित सबै पक्षले कहाँ कहाँ आफूले भूमिका खेल्ने हो जिम्मेवारीपूर्वक खेल्नुपर्छ, तर कुनै पनि कुरा पार्टीको विद्धतिभन्दा फरक ढंगले हुन सक्दैन, पोखरेलले भनेका छन्, पार्टी महाधिवेशनले पारित गरेको विधान छ, नियमावली छ । हामी २०७५ जेठ २ गते जाने कुरा गरिरहेका छौं । त्यहाँ बेलाको विद्यामान विधान र निमायवीले के भन्छ रु त्यसले अनुमति दिने स्वीकार गर्ने, त्यसमा व्यवस्था भएको कुरालाई सबैले पालना गर्नुपर्छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply