कार्यदलको आग्रहमा रोकिएको एमाले स्थायी कमिटीको बैठक आज बस्दै
१७ साउन, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज आइतबार बस्ने भएको छ । हिजो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठक वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय नेताहरुले बहिष्कार गर्दै आएका छन् । शनिबारै एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा विघटित कार्यदल सदस्यहरुको बैठक बसेको थियो । त्यहाँ भएको छलफलको बारेमा नेम्वाङले स्थायी कमिटी सदस्यहरुलाई ‘ब्रिफिङ’ गरेका थिए ।
सिंहदरबारको छलफलमा विघटित कार्यदलमा रहेका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । विघटित कार्यदलका सदस्यहरुकै आग्रहमा हिजोको वैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply