१७ श्रावण २०७८, आईतवार ०६:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भुटानबाट ३ लाख डोज खोप ल्याउने तयारी
१७साउन, काठमाण्डौ । भुटानले नेपाललाई कोरोना भाइरसविरुद्ध अस्ट्राजेनेका कम्पनीका ३ लाख डोज खोप सहयोग गर्ने भएको छ।
आफ्ना नागरिकलाई लगाइसकेपछि उब्रिने खोप भुटानले नेपालाई दिने भएको हो।
ती खोप चाँडै ल्याउनेगरी कूटनीतिक पहल भइरहेको सरकारी स्रोतले जनाएको छ।
यस विषयमा गत शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति सीसीएमसी को बैठकमा पनि छलफल भएको थियो।
कोभ्याक्सअन्तर्गत अमेरिकाले ५ लाख डोज मोडर्ना, ५ हजार ८ सय ५० फाइजर, २ लाख ५० हजार अस्ट्राजेनेका कम्पनीका खोप उपलब्ध गराएको भुटानमा क्रोएसिया, बुल्गेरियालगायत अन्य देशले पनि अस्ट्राजेनेकाकै १ लाख र सिनोफार्मका ५० हजार डोज खोप ल्याइएका थिए।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानमा खोप बाँकी रहने देखिएपछि नेपाललाई अस्ट्राजेनेका कम्पनीका खोप सहयोग गर्न लागेको हो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply