१९ श्रावण २०७८, मंगलवार ०९:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न प्रशासनको आग्रह
१९ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाडजन्य क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले एक सूचना जारी गरी कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमणदर अझै बढ्ने बताएको छ ।
यस्ता गतिविधिले कोरोना संक्रमण दर अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले बताए ।
जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरेरगराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ’ प्रशासन कार्यालयको सूचनामा भनिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply