राष्ट्रपति भण्डारी र भीम रावलबीच भेटवार्ता
२४ साउन,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।
राष्ट्रपति निवास शितलनिवासमा शनिबार अपरान्ह राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो।
राष्ट्रपति भण्डारी र नेता रावलबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।
नेता रावल वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्।
एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच लामो समयदेखि विभिन्न विषयमा विवाद छ। नेता नेपालका तर्फबाट कार्यदलको नेतृत्व रावलले नै गरेका थिए। १० बुँदे सहमति भए पनि नेता नेपालले उक्त सहमति मानिरहेका छैनन्।
एमालेभित्र देखिएको आन्तरिक विवाद मिलाउन दुबैतर्फका नेताहरूले पहल गरिरहेका बेला राष्ट्रपति र रावलबीच भेटवार्ता भएको छ।
नेपाल पक्षले स्थायी र केन्द्रीय कमिटी बैठक गर्दै सकेसम्म पार्टी एकताकै पक्षमा रहेको बताएको छ भने अध्यक्ष ओली पक्षले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक राखेको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply