कुलप्रसाद केसी आजै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै
२८ साउन, बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धनका दलहरुले सरकार नेतृत्वका लागि दाबी पेस गर्दै छन् । बुधबार दिउँसो मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज (बिहीबार) दिउँसो तीन बजेसम्मको समय दिएर दलहरुलाई सरकारमा दाबी पेस गर्न भनेका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले आज सरकारको नेतृत्वमा दाबी पेस गर्न लागेको कांगेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले बताए ।
विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ ।८० सदस्यीय प्रदेशसभामा एमालेको ३८, कांग्रेसको १९, माओवादी केन्द्रको १८ (सभामुखबाहेक), जसपाको ३ र राष्ट्रिय जनमोर्चाको एक सांसद रहेका छन् ।
माओवादीका केसीलाई ४१ जना सांसदको समर्थन रहने छ । सरकारको समयावधि करिब १६ महिना रहेको अवस्थामा कांग्रेस र माओवादीले ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेको बताइएको छ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply