गण्डकी प्रदेशमा एमालेले बनायो छायाँ सरकार
३० साउन,पोखरा। नेकपा एमालेले गण्डकी प्रदेशमा छायाँ सरकार बनाएको छ । नयाँ सरकार गठन भएपछि पछिल्लो समय ११ वटा मन्त्रालय बनाएकाले एमाले संसदीय बोर्डको बैठकले ११ मन्त्रालय हेर्ने गरी ९ वटा संसदीय समूह बनाएको गण्डकी प्रदेशका एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।
उनले प्रदेशमा ११ मन्त्रालय भए पनि ९ समितिले ११ वटा मन्त्रालयमा हुने गतिविधिहरूलाई निगरानी गरी प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनका लागि संसदीय समूह बनाएको बनाएको जानकारी दिए । सचेतक अधिकारीका अनुसार भौतिक पूर्वाधार, विकास तथा यातायात मन्त्रालयका गतिविधिको निगरानी गर्नका लागि पूर्वमन्त्री रामशरण बस्नेतलाई संयोजक बनाइएको छ । सदस्यमा रोशन गाहामगर र प्रभा कोइराला छन् । संयोजक बस्नेत यस अघि सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको निगरानीका लागि पूर्व मन्त्री विकास लम्साललाई संयोजक बनाइएको छ । सदस्यमा रामबहादुर गुरुङ र लक्ष्मी सुनार रहेका छन् । संयोजक लम्साल यस अघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।
सामाजिक विकास मन्त्रालयको संयोजकमा नरदेवी पुन मगरलाई चयन गरिएको छ । सदस्यमा जनकलाल श्रेष्ठ र इन्द्रधारा विष्ट रहेका छन् । संयोजक पुन यस अघि सामाजिक विकास मन्त्री समेत बनेकी थिइन् ।
त्यसै गरी पछिल्लो सरकार गठन भएपछि बनेका नयाँ कानुन, सूचना सञ्चार, प्रदेश मामिला मन्त्रालयको संयोजक चन्द्र मोहन गौचन बनेका छन् । सदस्यमा पुष्पा केसी भण्डारी चयन भएकी छन् । त्यस्तै अर्थ मन्त्रालयको संयोजक इन्द्रलाल सापकोटा बनेका छन् । सदस्यमा कृष्णबहादुर थापा छन् । भूमि, व्यवस्था,कृषि मन्त्रालयको संयोजकमा मित्रकुमारी गुरुङ चयन भएका छन् । सदस्यमा मनबहादुर गुरुङ र महेन्द्र थकाली चयन भएका छन् ।
ऊर्जा, खानेपानी मन्त्रालयको संयोजकमा मीनप्रसाद गुरुङ चयन भएका छन् । सदस्यमा धनञ्जय दवाडी चयन भएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् समूहको संयोजकमा मोहन प्रसाद रेग्मीले चयन भएका छन् । सदस्यमा मायानाथ अधिकारी र मीना गुरुङ चयन भएका छन् । पछिल्लो मन्त्रालय फुटाएर बनाइएको स्वास्थ्य, जनसङ्ख्या, युवा तथा खेलकुद समूहको संयोजकत्वमा राजीव पहारी चयन भएका छन् । सदस्यमा जुनादेवी नेपाली र सावित्रा राना मगर चयन भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply