केन्द्रीय कमिटी बैठक आजै सक्ने माओवादी केन्द्रको निर्णय
३१ साउन, काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आजै (आइतबार) केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडााडामा आइतबार बिहान बसेको बैठकले यस्तो निर्णय लिएको हो ।
बैठकमा नेताहरूको कार्य विभाजनलगायत विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई सोमबार बस्ने स्थायी कमिटी बैठकले व्याख्या गरी निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।
आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोसिस गर्ने समझदारी बनाएका छौं,’ उनले भने, ‘आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउने छन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षका लागि स्थायी समितिको बैठक भोलि बस्ने छ ।
आइतबार बस्ने केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply