कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज
२ भदौं, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज बुधबार पेसी तोकिएको छ ।
आफूलाई हटाई घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो । आफू ४ वर्षका लागि नियुक्त भएकोमा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ ।
यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा–सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ । तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply