कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ आज
२ भदौं, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङको पुनर्नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दिइएको मुद्दाको सुनवाइका लागि आज बुधबार पेसी तोकिएको छ ।
आफूलाई हटाई घिसिङलाई नियुक्त गरिएको भन्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको पेसी आजका लागि तोकिएको हो । आफू ४ वर्षका लागि नियुक्त भएकोमा सररकारले गैरकाननुनी रूपमा बीचमै हटाएको दाबी उनको छ ।
यसर्थ घिसिङको नियुक्ति खारेजी गरी पुनः आफूलाई नै प्राधिकरणको कार्यकारी निर्देशक कायम गर्न शाक्यले रिट निवेदनमार्फत माग गरेका छन् । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।
त्यही मन्त्रिपरिषद्को बैठकले शाक्यलाई सचिवसरहको सेवा–सुविधा दिई ऊर्जा आयोगको सदस्य पदमा नियुक्ति दिइसकेको छ । तर यसप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतमा मुद्दा हालेका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply