एमाले समाजवादी दल आयोगमा सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड
भदौ ३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै केही दिन मन्त्रिपरिषद विस्तार नहुने बताएका छन्।
बुधबारदेखि नयाँ राजनीतिक परिस्थिति बनेको र नेता माधवकुमार नेपालले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेकोले उक्त दल दर्ता भएपछि मन्त्रिपरिषद विस्तार हुने उनले बताए।
समाजवादी केन्द्रले बिहीबार गरेको एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद अन्तर्क्रियामा प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफलबारे पनि कुरा सुनाएका थिए।
हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान प्रधानमन्त्रीसँग पनि मन्त्रिपरिषद विस्तारबारे कुरा भएको छ। अब मन्त्रिपरिषद विस्तार गर्न ढिलो गर्न हुन्न भन्ने कुरा भएको छ, प्रचण्डले भने आयोगमा दर्ता भएको पार्टीको सनाखत हुनेवित्तिकै मन्त्रिपरिषद विस्तार हुन्छ। त्यही दिनमा हुन्छ।
उनले राजनीतिक दलसम्बन्धी अहिले ल्याएको अध्यादेशको बचाउ पनि गरेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान विरोधी हुने गरी अध्यादेश ल्याउँदा विरोध गरिएको बताएका उनले अहिले संविधान र लोकतन्त्र रक्षा गर्न अध्यादेश ल्याइएको दाबी गरे।
सबै अध्यादेश उस्तै हो भनेर बडो आदर्शवादी कुरा सुनिएको छ। लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै हैन, उनले भने।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply