अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु : वामदेव गौतम
३ भदौ, काठमाण्डौ । विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई साथ दिने बताएका छन्।
पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।
तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन्।
अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा छु’ उनले भने यससँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्छु।
गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर गरेका छन्।
अब ओलीको पक्षमा लागेर उनीसँग हिँडेर केही गर्न सकिँदैन कहीँ पुग्न सकिँदैन उनले भने अब हामीसँग विद्रोह नै विकल्प हो। नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौँ। त्यसपछि पार्टी एकतामा जोड दिन्छौँ।
गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताएका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply