तालिबानको सरकार बनाउन काबुल पुगे अब्दुल गनी बरादर
५ भदौ, काठमाडौ।अफगानिस्तानमा नयाँ सरकार गठन गर्न तालिबानका सहसंस्थापक मुल्ला अब्दुल गनी बरादर त्यहाँको राजधानी काबुल पुगेका छन्।
बीबीसीका अनुसार काबुलमा उनले तालिबानका अन्य सदस्यसँग कुरा गर्नेछन्।
तालिबानका एक वरिष्ठ अधिकारीले समाचार एजेन्सी एएफपीसँग समावेशी सरकार गठनका लागि बरादरले काबुलमा जिहादी नेता र अन्य व्यक्तिसँग भेटवार्ता गर्ने बताएका छन्।
बरादर सन् २०१० मा पाकिस्तानमा पक्राउ परेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई कतार पठाइएको थियो।
दोहामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि बरादरलाई तालिबानको राजनीतिक कार्यालय प्रमुखमा नियुक्त गरिएको थियो।
बरादर कतारबाट मंगलबार अफगानिस्तानको दोस्रो ठूलो सहर पुगेका थिए, जसलाई तालिबानको जन्मभूमि पनि मानिन्छ।
तालिबानले काबुल कब्जा गरेको केही घण्टापछि आफूले गर्ने शासन फरक हुने घोषणा गरेको थियो।
केही दिनअघि तालिबानले राजधानी काबुल कब्जा गर्नासाथ त्यहाँका राष्ट्रपति असरफ गनी राष्ट्रपतिको कार्यालय छाडेर भागेका थिए। अहिले उनी यूएईमा सपरिवार शरण लिएर बसेका छन्।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply