पोखराको महेन्द्रपुलमा भासियो सडक
७ भदौ,पोखरा । पोखरामा शनिबार साँझदेखि परिरहेको पानी अझै रोकिएको छैन। निरन्तर परिहेको पानी सडकमै बगेर सेती नदी वा फेवाताल पुग्छ। पोखराका ढल प्रणालीले आकाशे पानीको भल थेग्न सक्दैन।
पोखराको नदीपुर, चिप्लेढुङ्गादेखि बगेको पानी महेन्द्रपुल हुँदै सेती नदीमा जान्छ। शनिबार साँझपख पानी दर्केको बेला महेन्द्रपुल बजारको सडक भासिएको छ।
महेन्द्रपुलको सडक भासिदा संचारकर्मी सञ्जय मल्ल त्यहीं थिए। शुरुमा थोरै भासिएको सडक विस्तारै बढ्दै गएको उनले बताए।
एउटा गाडी पार्किङ गरिराखेको थियो। त्यहाँ अगाडि सडकको भाग शुरुमा भासिएको हो, पछि बढ्दै गएर गाडी भएको ठाउँ वरिपरि पनि भासियो उनले भने, तत्काल गाडी निकालियो, नत्र गाडी नै भासिन्थ्यो।
सडक भासिएपछि मल्लले पोखरा महानगर र जिल्ला प्रहरी कार्यालयमा खबर गरेका थिए।
सडक भासिएको ठाउँमा एउटा विजुलीको पोल परेको छ। पोल गाडिएकै ठाउँमा सडक भासिएको हो। दुर्घटना हुन नदिन प्रहरीले शनिबार राती नै भासिएको खाडल पुरेको छ।
प्रहरी, महानगरको टोली र विद्युत प्राधिकरण पोखरा मिलेर खाडल पुरेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
महेन्द्रपुलमा बगेर आउने आकाशे पानीको भल पनि गए राति नै तर्काइएको छ। प्रहरी टोलीले भल तर्काएको हो। राती भासिएको खाल्डो पुरिए पनि बिहानसम्म भासिएको ठाउँ बढ्दै गएको स्थानीयले बताएका छन्।
उनीहरुका अनुसार सडक भासिएर फुटपाथतिर पनि बढ्दै गएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply