योगेश भट्टराईले भने : माधव नेपालले पार्टी खोल्न हतार गर्नु भयो एकतामै फर्किनु पर्छ
७ भदौं, काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माधव नेपालले पार्टी खोल्ने निर्णय हतारमा लिएको बताउँदै एमाले एकतामै फर्किनु पर्ने बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि सोमबार दिउँसो पत्रकारहरुसँग कुरा गर्दै उनले चैत ४ र ५ गते ललितपुरमा भएको नेपाल पक्षीय एमाले कार्यकर्ताहरूको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन नभई एकता नै रहेको बताए ।
चैत ४ र ५ गतेको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन होइन एकता गरौं भन्ने थियो उनले भने, त्यसैले हामी विभाजनतिर होइन एकतातिर नै जानुपर्छ भन्ने अडानमा कायमै छौं । कार्यदलका सदस्यहरु र हामी स्थायी कमिटी सदस्य पनि विभाजनमा जाँदा नेपाललाई साथ नदिने पक्षमा अहिले पनि यथावत छौं ।
माधव नेपाललाई पार्टीभित्रका विमतिमा छलफल गर्न अहिले पनि आफूहरुको साथ रहने बताउँदै उनले भने, नेता नेपाल र हाम्रा मतहरु मिल्छन् तर पार्टी विभाजन गरेर अलग पार्टी बनाउने कुरामा हामी तपाईंसँग हुन सक्दैनौं भनेर पहिले नै भनेका हौं । उनले आजको आवश्यकता माधव नेपालसहितको एमाले एकता नै रहेको बताए ।
आजका दिनमा माधवकुमार नेपालसहितको एकताको कुरा गरिरहँदा उहाँबारे म धेरै बोल्दिनँ, उनले थपे उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी नयाँ पार्टी खोल्ने निर्णय लिनुभयो ।
काठमाडौंको बुद्धनगरमा बसेको माधव पक्षीय केन्द्रीय कमिटी बैठकको म्यान्डेट विभाजन नभई एकता रहेको पनि भट्टराईले बताएका छन् । ‘यसअघिको केन्द्रीय कमिटीको म्यान्डेट विभाजन होइन एकता थियो । उहाँले हतारमा त्यो म्यान्डेट बाहिर गएर पार्टी दर्ता गर्नु भयो’ उनले सुनाए, अब उहाँले पनि एकतामा फर्किनु पर्छ । कारबाहीहरू स्वतः अमान्य हुन्छन् । कारबाही प्रतिशोध, दण्ड, सजाय स्वतः निष्क्रिय हुन्छन्। अध्यक्ष र हामीबीच यो सहमति भएको छ ’
उनले मंगलबार बस्ने स्थायी कमिटी बैठकबाट नेता नेपालसहितलाई पार्टी एकताका लागि आह्वान गर्ने पनि बताए । ‘कमरेड माधव नेपाललाई समेत भोलि एकतावद्ध हुन अपिल गर्छौ’ उनले भने हामीले औपचारिक रुपमा अपिल गरेका छौं । नयाँ पार्टी गठन प्रक्रियाबाट उहाँ अलग हुनुपर्छ । उहाँहरु त्यसबाट अलग भएमा १४ जना सांसदमाथिका कारबाही फिर्ता हुन्छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply