मनसुन फेरि सक्रिय, ‘धेरै भारी’ वर्षाको सम्भावना
९ भदौं, काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले जनाएका छन् । पूर्ण बदलीका कारण देशभर फेरि मनसुन सक्रिय बनेको छ । प्रदेश–१, प्रदेश नम्बर–२, वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अरू प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागको केही नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश–१, प्रदेश–२, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा ‘धेरै भारी’ वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply