एमाले केन्द्रीय कमिटीको बैठकमा वामदेव गौतम सहभागी नहुने
१० भदौं, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक केहिबेरमा बस्दै छ । बैठक आज (बिहीबार) मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्न लागेको हो ।
बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी नहुने भएका छन् । उनका स्वकीय सचिव दीपक टमाटाका अनुसार गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेपछि मात्रै सहभागिताका सम्बन्धमा टुङ्गो लाग्नेछ ।
दुवै नेतासँग छलफल गरेपछि मात्रै जाने / नजाने टुङ्गो हुन्छ । छलफल नभएसम्म बैठकमा जानु हुन्न’ उनले भने । गौतम पछिल्लो बैठकमा पनि सहभागी भएका थिएनन् । केही दिनअघि उनले एक वक्तव्य जारी गर्दै आफू नयाँ पार्टीमा गइनसकेको बताएका थिए ।
उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नु भयो भनिसकेको छु’, नेता भने, उपयुक्त समयमा राजीनामा पठाई दिन्छु, सायद त्यो एक–दुई दिनभित्रै हुन्छ ।’ एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply