एमालेको विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको मिति सारियो
१० भदौं , काठमाडौं । नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशनको समय सरेको छ । आज (बिहीबार) बसेको केन्द्रीय समिति बैठकले यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो । उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको जानकारी दिए ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले आगामी मंसिर १०–१२ मा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एमाले नेता निरु पालले मंसिर १०, ११ र १२ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिइन् । उनले आगामी असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने पनि निर्णय गरिएको बताइन् ।
नेता पालका अनुसार केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता असोज मसान्तभित्र नवीकरण गरिसक्नु पर्ने निर्णय गरेको छ । भदौ १६ देखि २० सम्म पार्टी मा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने पनि एमालेले निर्णय गरेको छ ।
बैठकले भदौ २५ र २६ गते स्थायी कमिटी बैठक तथा २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको नेता पालले बताइन् । उनका अनुसार कार्तिक ६ गते देशभरका वडाहरुको र कार्तिक ९ गते पालिकाहरुको अधिवेशन आयोजना गरिने भएको छ ।
सम्बन्धित समाचार
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply