देशभर भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह
१२भदौ,काठमाण्डौ । आज मुलुकको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सातै प्रदेशको अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।
मनसुनी वायुका कारण र न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाले जनाएको छ। सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो पनि देशको अधिकांश भू-भागमा मौसम बदली रही धेरै स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
राति देशभर मौसम बदली रही अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित भीरी वर्षाको सम्भावना रहेको छ।
भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो र नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply