एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा नेपाललाई
१३ भदौ,काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) ले मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिने निर्णय गरेको छ।
आज बसेको बैठकले संसदीय दलको नेतामा अध्यक्ष नेपाललाई नै चयन गरेको थियो।
बैठकका निर्णय सुनाउँदै सांसदसमेत रहेका नेता विरोध खतिवडाले मन्त्री छान्ने जिम्मा बैठकले अध्यक्ष नेपाललाई दिएको पत्रकारहरूलाई बताए।
बारम्बार बैठक बस्न नसकिने अवस्था र अहिले संक्रमणकालीन अवस्था पनि भएकोले मन्त्री छान्नेजस्ता कुरा निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने निर्णय भएको छ, उनले भने।
नेकपा (एकीकृत समाजवादी) प्रधानमन्त्री देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताइसकेको छ। प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद विस्तार गर्न लागेका छन्।
बैठकले बाढीपहिरोबाट पीडित भएकाहरूलाई उद्धार तथा राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गरेको छ। यस्तै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य लाभको कामना पनि गरेको छ। खनालको भारतमा स्वास्थ्य उपचार गरिएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply