१४ भाद्र २०७८, सोमबार ०२:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
लगातारको वर्षाका कारण पहिरो खस्दा नागढुङ्गा सडक खण्ड ठप्प
१४ भदौं, काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खस्दा काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड फेरि ठप्प भएको छ ।
अघि बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएको प्रहरीले जनाएको छ । पहिरोका कारण अहिले दुुईतर्फी नै सडक बन्द भएको छ । सडक बन्द हुँदा काठमाडौं आउँदै गरेका रात्रि सेवाका बस र अन्य गाडीसहित यात्रु अलपत्र परेका छन् ।
हिजो पनि यही ठाउँमा पहिरो गएको थियो । तर पहिरो हटाएर हिजो दिउँसो १ बजेदेखि सडक खुलाइएको थियो । काठमाडौसँगको मुख्य नाका भएकाले यो सडक खण्ड भएर दैनिक हजारौं यात्रुु ओहोरदोहोर गर्दछन् । पहिरो पन्छाउन केहीबेरअघिबाट डोजर परिचालन गरिएको छ । पहिरो पन्छाउन कम्तिमा पनि दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply