दुई दशकपछि अमेरिकी सेनाले छाडे अफगानिस्तान
१५ भदौं,काबुल । अमेरिकाको अन्तिम टुकुडीले पूर्व सम्झौताअनुसार अफगानिस्तान छाडेको छ । यसअघि अफगानिस्तान र तालिबानबीच भएको अमेरिकाले ३१ अगस्टभित्र सबै सैनिकलाई फिर्ता लग्ने सहमति बनेको थियो ।
अमेरिकी सैनिकले काबुल छाडेसँगै तालिबानी लडाकुहरुले खुशीमा बन्दुक पड्काएका छन् । उनीहरुले आकाशमा गोली हानेका हुन् । पछिल्ला केही साता अमेरिकी सैनिकहरुको उपस्थिति काबुल विमानस्थलमा मात्रै थियो ।
सोमबार अमेरिकी सेन्ट्रल कमाण्डका मुख जनरल फ्रयाङ्क म्याकेन्जीले सेना फर्किएको आधिकारीक धारणा दिए । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हवाई हमला भएपछि त्यसको बदलास्वरुप अमेरिकाले अफगानिस्तानको तालिबानी सत्तालाई निशाना बनाएको थियो ।
त्यसपछि अमेरिकाले अफगानिस्तान छाड्न २० वर्ष लाग्यो । यसक्रममा आफ्ना २४ सयभन्दा धेरै सैनिक मारिएका म्याकेन्जीले बताए । रोचक कुरा अमेरिकी सेना अफगानिस्तानबाट निस्कनुअघि नै विगत केही सातादेखि अफगानिस्तान तालिबानको कब्जामा आइसकेको थियो ।
अन्तिम दिन रकेट प्रहार
अमेरिकाले पछिल्ला दिनमा काबुल विमानस्थलबाट आफ्ना नागरिक, सहयोगी र जोखिममा परेका अफगानी नागरिकको उद्धार गरिरहेको थियो । यसक्रममा १ लाख २३ हजार सर्वसाधारणको उद्धार गरिएको जनरल म्याकेन्जीले बताए । यसअघि उद्धार विमानलाई लक्षित गरेर अतिवादीहरुले प्रहार गरेको रकेट एउटा बस्तीमा परेको थियो ।
त्यहाँ एकै परिवारका ६ बालबालिकासहित १० जनाको मृत्यु भएको उनीहरुका आफन्तले जनाएका छ । सोमबार पनि काबुल विमानस्थलमा धेरै पटक रकेट प्रहार भयो । ईस्लामिक स्टेट खोरोसाम (आईएसआईएस–के) ले यस आक्रमणको जिम्मेवारी लिएको छ । एजेन्सी
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply