सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी
१५ भदौं, कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एमालेबाट निर्वाचित १० सुदूरपश्चिमका प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादको पक्षमा सनाखत गर्न प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेका हुन् ।
सुदूरपश्चिममा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का नेकपा एसतिर खुलेका छन् । त्यस्तै पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद पनि नेकपा एसतिर सनाखत गर्न निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
यस्तै प्रदेशसभामा एमालेका प्रमुख सचेतक दुर्गाकुमारी कामी, प्रदेशसभा सदस्य तारालामा तामाङ, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले पनि नेकपा एस रोज्ने पक्का भएको छ ।
निर्वाचन आयोगले एमाले विभाजनपछि दल रोज्न दिएको भदौ २२ सम्मको म्यादअघि नै सुदूरपश्चिममा दल रोज्न दिइएको हो । एमाले उपाध्यक्ष भीम रावलले आफूतिर तान्न सक्ने देखिएपछि मंगलबारै उनीहरुलाई निर्वाचन कार्यालय पठाइएको स्रोतले जनाएको छ । प्रदेश सभामा एमालेका सभामुख बाहेक २४ सांसद छन् ।
विगतमा त्यहाँ १७ जना माधवकुमार नेपाल र सात जना केपी शर्मा ओलीको पक्षमा थिए । माधव नेपालतिरका १७ मध्ये १३ जना नेकपा एसतिर खुलेका हुन् । त्यहाँकी आन्तरिक मामिला मन्त्री पूर्णा जोशीले मंगलबार १३ जनाले सनाखत गरेको बताउँदै यो संख्या केही दिनमा अझै बढ्न सक्ने बताएकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply