कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट
१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् ।
कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् ।
उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।
कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको बताए ।
कोभिडको महामारी कायमै छ । कोरोना कारण महाधिवेशन केहि समय पर सारौं, कोभिडको जोखिम कम भएपछि महाधिवेशन गर्दा सकारात्मक सन्देश जाला भन्ने मेरो भनाइ हो, उनले भने, कांग्रेसको महाधिवेशनले कोरोनाको अर्काे जोखिम नहोस् भन्ने हो । नागरिकको जीवन सर्वाेपरी हो । नागरिकको जीवन रक्षका लागि मैले यो गरेको हुँ ।’
उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेस महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताए । ‘कांग्रेसको वफादार कार्यकर्ता हुनुको नाताले महाधिवेशन हुनुहुँदैन भन्ने मेरो चाहना होइन तर कोरोनाको खोप सबै नागरिकले लगाइसकेपछि महाधिवेशन गरौं भन्ने मेरो माग हो, उनले भने ।
कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply