२२ भाद्र २०७८, मंगलवार ०२:३८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जोगिमारामा पहिरो : मुग्लिन–नौबिसे सडक अवरुद्ध
२२ भदौं , धादिङ । वर्षाको कारण सडकमा पहिरो खस्दा मुग्लिन–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ पहिरो खसेको हो । ठूलो पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजरले जानकारी दिए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सबारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरुले सास्ती पाएका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply