२३ भाद्र २०७८, बुधबार ०८:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमालेले कारबाही गरेका १४ जना उपस्थित भए संसद चल्न दिंदैनौं : ओली
२३ भदौं , काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।
उनीहरु उपस्थित भए बैठक नै शुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निष्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’ उनले अघि थपे, ‘यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply