संसद बैठक शुक्रबारसम्मका लागि स्थगित
२३ भदौं, काठमाडौं । संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रो पटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सिर्जना भएको बताएका थिए ।
लगत्तै संसद बैठक १५ मिनेटका लागि रोकिएको थियो । पुनः सभामुख सापकोटाले बैठक सुरु गरे पनि सांसदहरुले अवरोध गरे । नारावाजीसहित रोष्ट्रम घेरेपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गरेका थिए । तर, एमाले सांसदहरुको लगातारको अवरोधपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply