सत्ता गठबन्धन वैठक : एमसीसीबारे कुरै भएन, अरु एजेण्डामा सामान्य छलफल
२४ भदौं, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठक भोलि (शुक्रबार) फेरि बस्ने गरी टुंगिएको हो । गठबन्धनका नेता राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा पर्याप्त छलफल हुन नपाएको जानकारी दिइन् ।
उनले भनिन्, बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ । ठोस निर्णय केही भएन । शीर्षस्थ नेताहरु पनि व्यस्त हुनु भएकाले छलफल टुंगिएन । मन्त्रिपरिषद् विस्तार र एमसीसी पारित गर्ने / नगर्ने बारे साझा धारणा बनाउन सत्तारुढ गठवन्धनको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको थियो ।
बैठकमा उपेन्द्र यादव र माधव नेपाल उपस्थित नहुँदा पर्याप्त छलफल हुन नसकेको पौडेलले बताइन् । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयले चर्चा पाइरहेको र एमसीसीकै उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमणमा रहेका बेला देउवाले पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाएका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply