२९ भाद्र २०७८, मंगलवार ०२:४४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु ,२७ जना घाइते
२९ भदौं , नवलपरासी । महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सीमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् । मृतकहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
डीएसपी दिलिप गिरीका अनुसार दुर्घटनामा ट्रक चालक र बस चालकसहित २७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको चितवनमा उपचारका क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । त्यस्तै घाइतेमध्ये तीन जनाको गम्भीर रहेको उनले जानकारी दिए ।
मंगलबार बिहान काँकडभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु १ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन् । थुम्सीको २३ स्मृति पुल नजिक निमार्ण हुँदै गरेको डाइभर्सनमा गाडी ठोक्किएर तल खसेको थियो ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply