भीम रावलको चेतावनी : पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ
२९ भदौं, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले पार्टी रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
धनगढीस्थित एमाले पार्टी कार्यालयमा (मंगलबार) कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
रावलले आफूले पार्टीका लागि गरेको त्यागलाई कमजोरी ठानी कसैले पाखा लगाउन खोजेकोमा त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिए । ‘एमाले बचाउन लागि म मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनु पर्दछ, रावलले भने, तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ ।
उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिन समेत आग्रह गरेका छन् । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिएका छन् । उनले अवसरवादी नेता–कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता–कार्यकर्ता एकताको पक्षमा हुँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलनमा परेको उनले आरोप समेत लगाए ।
रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप पनि लगाए । माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंगित गर्दै उनले आरोप लगाएका हुन् ।
म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छु’, उनले भने, ‘यो धर्ती पल्टेला कमरेड तर तपाईको साथ छाड्दैनौं भन्थे । तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे ।
उनले पार्टी छाडेर जानेलाई स्वार्थी भने । रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नुमा सबै नेता–कार्यकर्ताको कर्तव्य रहेको पनि बताए । उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताए । आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा अहिले पनि कायमै रहेको उनले बताए । ‘पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धी नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन’ रावलले भने ।
एमाले सुदूरपश्चिमको इन्चार्जलाई लिएर रावल र नेता लेखराज भट्टबीच विवाद छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। विवादबीच दुवै नेता अहिले काठमाडौंबाट सुदूरपश्चिममा केन्द्रित भएका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
Leave a Reply