३१ भाद्र २०७८, बिहीबार ०६:१२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक घाइते
३१ भदौ, काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको जीप रामेछापमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बिहीबार बिहान मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसार कुनौलीबाट जीप खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीशंखर श्रेष्ठले जानकारी दिए।
प्रदेश नम्बर ३ -०१-०२३-च-३५१३ नम्बरको जीप सडकबाट ६-७ सय मिटर तल खसेको उनले बताए। घटनास्थलबाट एक जना बालकको उद्दार गरिएको छ।
ओखलढुंगा घर भएका अन्दाजी ३४-३५ वर्षीय लक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको छ। अर्का एक जनाको भने पहिचान नखुलेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
घाइते बालक अन्दाजी १२ वर्षीय पेम्बा शेर्पा छन्। उनी गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उनको उपचारको लागि तामाकोशी अस्पताल लगिएको छ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply