एमाले बागमती प्रदेशका इन्चार्ज बादल नै
३१ भदौ, सुदूरपश्चिममा नेकपा एमालेको प्रदेश इन्चार्ज को हुने भन्ने विषयको विवाद यही साता सतहमा आयो।
नेकपा एमाले र माओवादी केन्द्र एक नहुन्जेल सुदूरपश्चिममा उपाध्यक्ष भीम रावल प्रदेश इन्चार्ज थिए।
गत फागुनमा नेकपाको एकीकरण खारेज भएपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको इन्चार्ज माओवादी छोडेर आएका लेखराज भट्टलाई दिएका थिए। त्यतिबेला रावल नेता माधवकुमार नेपालको समूहमा थिए, उनीहरूले त्यो निर्णय मानेका थिएनन्।
१० बुँदे सहमति भएपछि एमाले अब २०७५ जेठ २ मा फर्किएको बताउँदै नेता नेपालको साथ छोडेका रावललाई यही साता अध्यक्ष ओलीले निराश बनाए। ओलीले सुदूरपश्चिमको इन्चार्ज भट्ट नै भएको बताएका हुन्।
१० बुँदे सहमतिअनुसार नेकपा एमाले जेठ २ मा फर्किएको भनेर माधव नेपालको साथ छोडेकी अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि अहिले त्यही समस्या परेको छ। नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता हुनु केही दिनअघि मुख्यमन्त्री बन्न गएकी शाक्यलाई पनि ओलीले बागमती प्रदेश कमिटी इन्चार्जमा फिर्ता गरेका छैनन्।
यसको झल्को बिहीबार काठमाडौं आयोजित जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो।
प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा अध्यक्ष ओली पनि सहभागी हुँदै छन्। कार्यक्रममा प्रदेश कमिटी इन्चार्जको रूपमा बादलले आसन ग्रहण गरेका छन्।
उदघोषकले उनलाई सम्बोधनका लागि बोलाउँदा पनि बागमती प्रदेश कमिटीका इन्चार्ज भनेर बोलाएका छन्।
उपाध्यक्ष शाक्य पनि उक्त कार्यक्रममा पुगेकी छन्। उनलाई भने सञ्चालकले बागमती प्रदेशकी मुख्यमन्त्री र एमाले उपाध्यक्षको हैसियतमा आसन ग्रहण गर्न भनिएको थियो।
माधव नेपालको साथ छोडेर एमालेमै रहेका नेताहरूले १० बुँदेको कार्यान्वयन हुने र त्यसले एमालेलाई २०७५ जेठ २ मा लैजाने बताउँदै आएका छन्।
अध्यक्ष ओली र उनको समूहका अरू नेताले भने एमाले जेठ २ को अवस्थामा पूर्ण रूपमा फर्किन नसक्ने र माओवादी केन्द्रसँगको एकताका आधारमा नेकपाको लिगेसीसहित अघि बढ्ने तर्क गर्दै आएका छन्।
माओवादीबाट आएका भट्ट, बादल, टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साहलाई एमाले स्थायी कमिटी सदस्य बनाइएको छ। ओलीलाई गत फागुन २८ मा स्थायी कमिटी सदस्य नियुक्त गरिएको हो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply